उपनिर्वाचन : इलाममा २० र बझाङमा १९ दल दर्ता
चैत ६, काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए।