गहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग


चैत ७, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन्।

उनले उनले भनिन्, ‘हामी अवरोध गर्न चाहँदैनौँ। छानबिन समितिको मागसँग किन डराउनुपर्याे उहाँलाई ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त। आज उहाँको विषयमा समिति गठन गर्नपर्याे भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्याे।

उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको राय नै नमिलको भन्दै आपत्ति जनाईन्।

प्रतिपक्षले पटक–पटक उठाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ नै बाझिएको बताएकी हुन्। गोरखा मिडिया खोल्दा १ रवि लामिछानेले करोड सुप्रिम सहकारीबाट लिएको देखिन्छ। जम्मा एक वर्ष मिडिया सञ्चालन गर्दा ३५ हजार मानिसले पेट काटेर जम्मा गरेको ५२ करोड रकम गैर कानुनी रुपमा प्रयोग भएको भनेर बोल्यो यही विषयको जवाफ कांग्रेसले प्रधानमन्त्रीबाट मारिाखेको थियौं। थियो। सत्ता पक्षमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा पनि यो विषयमा पटकपटक उठाउँदै आएका छौं। तर प्रधानमन्त्रीले हिजो भर्खर उठेको भनेर जवाफ दिनुभएको छ’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले रवि सहकारीको संचालक कर्मचारी होइन भन्नुभयो। लिएको रकम फर्छ्यौट भएको भनेर बोल्नुभयो । तर हाम्रो पैसा हिनामिना भयो भनेर पीडित कराउँदै गर्दा रवि लामिछानेले प्रेस मिट गरेर मैले पैसा लिएको छैन भन्नुभयो म सम्झन्छु। प्रधानमन्त्री लिएको पैसा फर्छ्यौट भयो भन्नुहुन्छ । गृहमन्त्री पैसा लिएको छैन भन्नुहुन्छ । पैसा नलिएको भए फर्छ्यौट कसरी भयो ?’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?