जम्कट्टेललाई विश्वासको मत पाउन सहज


चैत १९, हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन्। नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा पुगेर संवाद अगाडि बढाएलगत्तै मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने माहोल बनेको हो।

यस्तै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक ४ बजेका लागि सारिएको छ। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुरको भीमफेदी गाउँपालिका आइपुगिसकेको जानकारी प्राप्त भएको छ। आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ।

१ सय १० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ। सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका तीन सांसद छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?