एसएमएस फ्रेन्डसिप टी–२० मा नेपालले आज बरोडासँग खेल्दै
चैत २३, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ। खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ।
आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुदैछ।
नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो। गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा बरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो।
गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ। त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन ।
डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ।
नेपालको टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द।
बरोडाको टोलीः विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान।