उपनिर्वाचन : इलाम र बझाङमा आज उम्मेदरवारी दर्ता


चैत २४, काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ। इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ। आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन्।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने समय निर्धारण गरेको छ।

आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले प्रकाशन गर्ने गर्ने छ। त्यसैगरी,उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरेको छ। अपराह्न ५ बजेपछि भने आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय सार्वजनिक गर्नेछ।

इलाम क्षेत्र नं.२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उक्त क्षेत्र खाली भएको हो। त्यसैगरी, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि त्यो क्षेत्र पनि रिक्त भएको हो।

पर्सि चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते भने आयोगले उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?