पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


चैत २७, काठमाडौं । आज पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालमा केही दिनदेखि मौषम बदली हुँदै आएको छ।

मंगलबार विहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?