एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


वैशाख २, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने छ। बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने तय छ। विभिन्न जिल्लाबाट आएका २ हजार १५३ जना प्रतिनिधि सहभागी हुने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमालेले जनाएको छ।

यस्तै बैठकले समग्र कामको समीक्षा गरी आवश्यक निर्देशन समेत दिनेछ। वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसर पारेर एमालेले विशेष कार्यक्रम समेत आयोजना गर्दैछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?