एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा


वैशाख ३, काठमाडौं । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ। एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ। उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ। त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ। त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन्।’

उक्त बैठकमा विभिन्न ६ प्रतिवेदन प्रस्तुत हु्ने उल्लेख गर्दै महासचिव ज्ञवालीले राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै अर्को प्रसंगमा ज्ञवालीले कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको राजीनामा माग्नु हाँस्यास्पद रहेको टिप्पणी गरे। उनले भने, ‘कांग्रेसका साथीहरूले बेलाबेला हँसाउनु हुन्छ। आफूले प्रधानमन्त्री अफर गरिरहँदा त्यो व्यक्ति योग्य हुने। तर, आफूले भनेजस्तो नभन्दा एकोहोरो खेदिरहने ? स्पष्टीकरण त दिन पाउनुपर्छ नि अर्घेल्याइँ किन गरेको ?

कोशी प्रदेश सरकारको सन्दर्भमा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?