जब चप्पल र झोला भेटियो..!


वैशाख ३, पोखरा । घरबाट हराएका एक युवकको शव तीन दिनपछि सोमबार सेती नदिमा फेला परेको छ। कास्कीको माछापुच्छ्रे–१ करूवाका २५ वर्षीय जगत पुन मृत फेला परेका हुन्।

गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन्। नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो। घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदिको खोंचमा गर्नुपर्ने देखियो।

वडा प्रहरी कार्यालय बगर, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले करिब १५० मिटरको खोंचमा खोजी गर्दा उनको शव सेती नदीमा ३ मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?