आज यी चार प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने


वैशाख ६, काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। आज लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?