संघीय संसद्को वेभसाइटमा ह्याकरले लेख्यो : ‘स्टप सपोर्टिङ चाइना’


वैशाख ६, काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन्।

बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ। वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना।’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन। तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ। केही समय अघि मात्रै हामीले थाहा पायौं। यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेभसाइटमा पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ। जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?