वीरेन्द्र तालमा हिम पहिरो खस्दा जोखिम, सतर्क रहन आग्रह
वैशाख ९, काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिम पहिरो खस्दा जोखिम बढेको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालफुटेको नभइ हिमपहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए।
‘तालमा हिम पहिरो झरेको हो। त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन। जोखिमको अवस्था बुझ्न प्रहरी टोलीताल क्षेत्रमा पुगिसकेको छ। तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’दाहालले भने।
तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजि अदाहालले बताए। बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाटलगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ।
मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ। तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ।