यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
वैशाख १९, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो।
त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा झरेको छ। मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो।
बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा पुगेको छ। मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको हो।
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।