कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस


वैशाख २७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन्।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए।

कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?