किङ्स लन्ज पोखरामा ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ व्याण्डका गीत


वैशाख ३१, काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ। पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क (पीभीई) को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउन लागेको हो।

सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पुर्ण राई भोकलिष्ट, देगोसकुमार राई बशिष्ट, सुमेक योन्जन ड्रमर, सुसन कार्की गितारिष्ट र इयान थुलुङ राई फ्लुट छन्।

देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौंका हुन्। व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेका छन्। यो व्याण्डले चाँडै नै अष्ट्रेलिया टुर पनि गर्दैछ।

व्याण्डले हालैमात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो। यो गीत युट्युबको ट्रेन्डिङमा पनि परेको थियो। श्रोताले गीतमा प्रयोग गरिएको शब्द र संगीतको मेलोडीलाई मनपराएका थिए।

किङ्स लन्ज पोखराका प्रबन्ध निर्देशक ध्रुव केसीले पोखरामा व्याण्डको लाइभ प्रस्तुती हुनु लन्ज र पोखराका लागि नयाँ स्वाद हुने बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?