कोशी र गण्डकीमा पानी पर्ने


जेठ २, काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?