यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
जेठ २, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ। मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ। मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको थियो। आज बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ। मंगलबार खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसाका दरले कारोबार भएको थियो।
आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।