‘दान्भी’को ‘मायाको खानी’
जेठ ४, काठमाडौं । असारको ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु नायिका पुजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड छन्। गीत नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको छ।
गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ। रुपेश तामाङ निर्देशित फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन्। फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन्।
फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।