आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जेठ ७, काठमाडौं । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ। आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।