भिक्टोरियामा बर्ड फ्लु भेटियो
जेठ ९, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्ड फ्लु भेटिएको छ। भिक्टोरियामा रहेको एक अण्डा फार्ममा बर्ड फ्लू भेटिएको अधिकारीले बताएका छन्। बर्ड फ्लू पत्ता लागेपछि उक्त अण्डा फार्ममा सिल गरी अधिकारीहरूले अनुसन्धान गरिरहेको समाचारमा बताइएको छ।
एग्रीकल्चर भिक्टोरियाले जिलङबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेरिडिथ नजिकैको एउटा अण्डा फार्ममा धेरै कुखुराको मृत्यु भएपछि अनुसन्धान गर्दा बर्ड फ्लु भेटिएको हो। प्रारम्भिक परीक्षणहरूले एभियन इन्फ्लुएन्जा भाइरसको पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।