कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालत लगियो


जेठ ९, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिएको छ। अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ। बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन्। अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ। अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौँबाट पक्राउ गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?