सांसद केसीको आरोप ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’


जेठ १३, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरे।

उनले भने,‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ। यो लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रमा पनि समर्थन गर्दैनौं विरोध गर्दछौं।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?