कोलकाताले जित्यो आईपीएलको उपाधि


जेठ १४, काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। कोलकाताको यो तेस्रो उपाधि हो।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा ग¥यो। कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १-१ विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । मिचल स्टार्क र हर्षित राणाले २-२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १-१ विकेट लिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?