अष्ट्रेलियाबाट महजोडीले भने : ‘अपर्झट बोल्दा त्रुटि हुन गयो, आफ्नै सम्झेर माफ गर्दिनुहोला’
जेठ १४, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया टुरमा रहेका वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यको चौतर्फी आलोचना भएपछि महजोडीले माफी मागेका हुन्। समाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै मह जोडीले आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै माफी मागेका छन्।
उनीहरुले भनेका छन्, ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ। त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको छ।
‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो। त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन्।