अहिलेसम्मकै ठूलो आकारको बजेट, के छ नयाँ बजेटमा ?
जेठ १५, काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गरेका हुन्। आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको छ। हालसम्मकै ठूलो आकारको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, कृषि र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिइएको छ।
बजेट प्रस्तुतगर्दै पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको बताए। त्यसैगरी वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याईएको छ।
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यूनहुने पुनले बताए । त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्रीको भनाई छ ।
बजेटको पुर्णपाठ