गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सिडियो फेरिए


जेठ १७, काठमाडौं । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?