जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जेठ ३०, भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनमाथि पाँच दिनको म्याद थपेर थप आवश्यक अनुसन्धान भइरहेको बताएको छ।