नेपालको ‘सुपर एट’मा पुग्ने सम्भावना सकियो
असार १, काठमाडौँ । नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो
काठमाडौं । टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरको अन्तिम एक बलमा दुई रन आवश्यक थियो। नेपालले जितेको खेल समेत अन्तिम ओभरमा गुमायो। अन्तिम बलको सामना गरेका ब्याटर कुशल भुर्तेल रन आउट भएपछि नेपालले जितिसकेको खेल गुमाएको हो । खेलको १८।२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको थियो नेपालले ६ बलमा तीन विकेट गुमायो हो। त्यसपछि दबाबमा परेको नेपाललाई खेलमा फर्किन मुस्किल भयो।
नेपालका लागि ४९ बलको सामना गरेका ओपनर आसिफ शेखले ४ चौका र १ छक्का प्रहार गरी ४२ रनको पारि खेले। अनिल कुमार साहले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रनको जोडे। यस्तै, ओपनर कुशल भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडे। दिपेन्द्र सिंह ऐरिले ६ रन जोडे। नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाउन पुग्यो।
दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने क्याप्टेन आइदेन मार्करम र एनरिच नोर्टले समान १ –१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो।
दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रनको पारि खेले। यस्तै, ट्रिस्टान स्टुब्सले २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १९ रन खर्चिएर ४ लिए। यस्तै, ऐरीले चार ओभर बलिङ गरेका अलराउण्डर दीपेन्द्रसिंह पनि २१ रन खर्चिएर ३ विकेट निकाले। यो सँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ।