जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने
असार ६, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन्।
बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कुटनीतिक पहलमा ढिलाइ भइरहेको बताए।
‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ। अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ।’ मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कुटनीतिक पहलमा समय लागेको उनले बताए।