अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा


असार १०, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो। इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ।

ब्रिजटाउनमा इंग्ल्याण्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा मात्रै जित हात पारेको थियो।

पहिलो– क्रिस जोर्डन, जसले १९ औं ओभरमा ह्याट्रिक लिए र अमेरिकी टोलीलाई ११५ रनको मामूली स्कोरमा सीमित गरे। दोस्रो, ३८ बलमा अविजित ८३ रनको विस्फोटक इनिङ्स खेलेका जोस बटलरले १० ओभरमा जित दिलाए पनि म्यान अफ द म्याचको अवार्ड ४ ओभरमा १३ रन दिएर २ विकेट लिने आदिल रसिललाई दिइएको थियो।

फास्ट बलर क्रिस जोर्डनको उत्कृष्ट प्रदर्शनपछि कप्तान जोस बटलर र फिल साल्टको ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो।

विश्वकपमा इङ्ल्यान्डले कुनै विकेट नगुमाएको यो दोस्रो पटक हो। अमेरिकाभन्दा अगाडि सन् २०२२ मा इंग्ल्याण्डले पनि भारतलाई सोही अन्तरले पराजित गरेको थियो।

क्रिस जोर्डनको ह्याट्रिकको आधारमा इंग्ल्याण्डले सुपर आठ चरणको खेलमा अमेरिकाको इनिङ्स १८।५ ओभरमा ११५ रनमा समेट्यो। जवाफमा इङ्ल्यान्डले ९।४ ओभरमा कुनै विकेट नगुमाई ११७ रन बनाएर खेल जित्यो। इङ्ल्यान्डका लागि बटलरले ३८ बलमा छ चौका र सात छक्काको मद्दतले अविजित ८३ रन बनाए भने फिल साल्टले २१ बलमा दुई चौकाको मद्दतले २५ रन बनाए।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकी टोलीले सुपर आठमा निराशाजनक प्रदर्शन गर्दै तीनवटै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ। यो शानदार जितसँगै इंग्ल्याण्ड तीन खेलमा दुई जित र एक हारसहित चार अंकसहित सुपर एट चरणको समूह दुईको शीर्ष स्थानमा पुगेको छ । इङ्ल्यान्डको नेट रन रेट ं१।९९२ भयो जुन दक्षिण अफ्रिका र वेस्ट इन्डिजभन्दा राम्रो हो।

लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोलीलाई बटलर र साल्टले बलियो सुरुवात गराए। पहिलो दुई ओभरमा इंग्ल्यान्डले सुस्त ब्याटिङ गरे पनि तेस्रो ओभर बलिङ गर्न आएका सौरभ नेत्रवलकरविरुद्ध बटलर र साल्टले आक्रमक पारि खेरे। यो ओभरमा इंग्ल्याण्डले १९ रन बनाएको थियो। त्यसपछि दुवै ब्याट्सम्यानले जोशका साथ ब्याटिङ जारी राखे र पावरप्लेको अन्त्यसम्म बिना कुनै क्षति ६० रन जोडे ।

बटलरले ३२ बलमा छक्का लगाएर आफ्नो अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेपछि बटलरले विस्फोटक ब्याटिङ गरे। उनले नवौं ओभरमा बलिङ गर्न आएका हरमित सिंहको ओभरमा ३२ रन बनाएर लगातार पाँच छक्का प्रहार गरे र अर्को ओभरमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।

अमेरिकी लेफ्ट आर्म स्पिनर हरमित सिंहको नाममा एक अनावश्यक कीर्तिमान दर्ता भएको छ। हरमितले इंग्ल्याण्ड विरुद्ध एक ओभरमा ३२ रन दिए र टी–२० विश्वकपमा एक ओभरमा सबैभन्दा धेरै रन दिने पाँचौं बलर बने।

इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोड र अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले टी–२० विश्वकपमा सबैभन्दा महँगो ओभर बलिङ गर्ने खराब कीर्तिमान राखेका छन्। ब्रोडले सन् २००७ मा भारतविरुद्धको ओभरमा ३६ रन दिएका थिए भने ओमरजाइले २०२४ मा वेस्ट इन्डिजविरुद्धको ओभरमा ३६ रन दिएका थिए।

त्यसअघि इंग्ल्याण्डले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिए पनि अमेरिकाको ब्याटिङ निकै कमजोर रह्यो। अमेरिकाले ८८ रनमा पाँच विकेट गुमाएको थियो। पहिलो ओभरमा एन्ड्रिस गौसले रीस टोपलीको बललाई फाइन लेगमा छक्का प्रहार गरे तर दुई बलपछि सोही शट खेल्ने प्रयास गर्दा उनी डिप स्क्वायर लेगमा फिल साल्टको हातमा क्याच दिए।

ब्याकवर्ड पोइन्टमा मोइन अलीको हातमा स्टिफन टेलरलाई क्याच आउट गराएर साम कुरनले टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० औं विकेट लिए। जसका कारण पावरप्लेमा अमेरिकाको स्कोर दुई विकेटमा ४८ रन थियो।

जोस बटलरले लेग स्पिनर आदिल रशिदलाई बल दिए, जसले कप्तान आरोन जोन्सलाई आफ्नो दोस्रो ओभरमा सुन्दर गुगलीमा बोल्ड गरे। त्यसपछि राशिदले गुगलीमा नितिशको इनिङ्स समाप्त गरे। त्यसपछि १४औं ओभरको अन्त्यमा लियाम लिभिङस्टोनले मिलिन्द कुमारलाई आउट गर्दै ५ विकेटमा ८८ रन बनाएको थियो । अमेरिकाले १७ औं ओभरमा १०० रन पूरा गर्याे।

कप्तान जोस बटलरले जोर्डनलाई १९ औं ओभर बलिङ गर्न पठाए। मार्क वुडको स्थानमा जोर्डनलाई प्लेइङ–११ मा स्थान दिइएको थियो र उनले त्यसको पूरा फाइदा उठाए। जोर्डनले कोरी एन्डरसनलाई पहिलो बलमा ह्यारी ब्रुकको हातबाट क्याच आउट गराए। अर्को बल डट भयो। तेस्रो बलमा जोर्डनले अली खानलाई बोल्ड गरे।

नयाँ ब्याट्सम्यानको रुपमा आएका नोस्टुश केन्जिगे चौथो बलमा एलबीडब्लु आउट भए र अर्को बलमा सौरभ नेत्रावलकरलाई बोल्ड गरेर ह्याट्रिक पूरा गरे। योसँगै जोर्डन टी–२० मा ह्याट्रिक पूरा गर्ने पहिलो इङ्ल्यान्ड बलर बनेका छन्। यो विश्वकपमा कुनै बलरले ह्याट्रिक गरेको यो तेस्रो पटक हो। जोर्डनअघि अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्स यस विश्वकपमा ह्याट्रिक गर्ने एकमात्र बलर थिए। उनले लगातार दुई खेलमा ह्याट्रिक गरेका हुन्।

जोर्डनले यो खेलमा ह्याट्रिक मात्र पूरा गरेनन्, उनले आफ्नो ओभरमा पाँच बलमा चार विकेट पनि लिए। आयरल्यान्डका कर्टिस क्याम्फरपछि टी–२० विश्वकपमा एक ओभरमा चार विकेट लिने जोर्डन विश्वकै दोस्रो बलर बनेका छन्।

क्याम्फरले २०२१ मा नेदरल्याण्ड्स विरुद्ध एक ओभरमा चार विकेट लिएका थिए। अब जोर्डनले पनि यो उपलब्धि हासिल गरेका छन्। अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन र कोरी एन्डरसनले २९ रन बनाए भने हरमितले २१ रनको योगदान दिए। इंग्ल्याण्डका लागि जोर्डनले ४ विकेट लिए भने साम कुरान र आदिल रसिदले २–२ विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?