टेक तामाङको ‘एउटा जून’मा प्रह्लाद तिमिल्सिनाको स्वर
असार १४, काठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ। नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको उक्त गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन्।
गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन्। गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ। सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ। सुव्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् भने जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन्।
भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन छ। भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन्। दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन्।