ओलीसँगको भेटबारे देउवाले गरे ब्रिफिङ
असार १७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन्। सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उनले ओलीले बोलाएपछि आफू गएको र भेटमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्ने जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘पार्टीका सभापतिले एमालेका अध्यक्षसँग भेट गर्नुभयो। त्यो विषय अहिले चर्चापनि छ। शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलको नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषय अनुमान लगाउनुु स्वाभाविक हो। उहाँले यती मात्र भन्नुभयो, चिया खान बोलाउनुभयो । हामी गयौं बस्यौं सौहार्दपूण वातावरणमा कुरा भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो।’
उनले बैठकमा बिआरआई कार्यान्वयनबारे पछि छलफल भएको जानकारी दिए। ऋण लिएर बिआरआई कार्यान्वयन गर्न नसक्ने कांग्रेसको धारणा रेहको पनि उनको भनाई छ।
उनले भने, ‘अहिले नेपाल सरकारले मन्त्रि परिषद्मा पनि छलफल गरेको र चिनियाँ मन्त्री नेपाल आँउने नेपालको मन्त्री चिन जाने बिआरआईको बारेमा बढी चर्चा हुनेबारे नेपाली कांग्रेसको धारणा यसलाई अनुदानको रुपमा दिइनेखालको सहयोगलाई कांग्रेसले स्वीकार गर्दछ। यो कुरा नेपाली कांग्रेसले अहिले ऋणको कुरा चाँही लिनका लागि सक्षम छैन्।’