टेलिकम र सामसुङ मोबाइलद्धारा संयुक्त रुपमा विशेष योजना


काठमाडौं, श्रावण ५ । नेपाल टेलिकम र सामसुङ मोबाइलले संयुक्त रुपमा विशेष योजना ल्याएका छन् । टेलिकम र सामसुङको नेपालका लागि अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले आफ्ना उपोक्ताका लागि संयुक्त रुपमा योजना ल्याएका हुन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यस सम्बन्धी जानकारी गराइएको हो । यस योजनाअन्तर्गत् आइएमएसद्धारा वितररित सामसुङ ब्रान्डका ६ प्रकारका मोबाइल सेटको साथमा नेपाल टेलिकमको सिम कार्डको खरिदमा १० प्रतिशत नगद छुट दिने भएको छ ।

यस्तै, टेलिकमले उक्त सिम कार्ड र सेट खरिदकर्तालाई मोबाइल सेटको मूल्यको १५ प्रतिशत बराबरसम्मको टक टाइम अथवा डाटा सित्तैमा उपलब्ध गराउने भएको छ । यसरी प्राप्त हुने सेवा ग्राहकले ६ महिनाका लागि प्रत्येक महिना बराबर किस्ताको रुपमा प्राप्त गर्ने जनाइएको छ ।

आइएमएस र टेलिकमबीच सम्पन्न यो साझेदारी ३ वर्षसम्मको लागि कायम हुने जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?