सात वर्षीयाा छोरी मार्नखोज्ने पक्राउ


handजग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । बाराको सिंहना गाविस–६ मा भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन् । अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा सात वर्षीया छोरी सोनीकुमारलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो । घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?