सीमाङ्कनसहितको प्रदेश आवश्यक रहेको काँग्रेस नेताको धारणा


afn’jf6f/l:yt k|wfgdGqL lgjf;df cfOtaf/ a;]sf] k|d’v rf/ bnsf] a}7sdf ePsf] 5nkmnaf/] hfgsf/L lbFb} g]kfnL sfFu|];sf pk;efklt /fdrGb| kf}8]n . tl:a/ M cRo’t /]UdL, /f;;

नेपाली काँग्रेसका नेताहरुले वर्तमान समयमा सीमाङ्कनसहितको प्रदेश आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको छलफलमा पार्टी, प्रजातन्त्र, राष्ट्र र जनताको हितको लागि सीमाङ्कनसहितको प्रदेश आवश्यक रहेको बताएका हुन् । उनीहरुले जनताले दिएको सुझावका आधारमा परिमार्जन गरेर संविधान आउनुपर्ने र खासगरी महिला, दलित, मुस्लीम, मधेसी, जनजाति र पीछडिएका वर्गको हकअधिकार संविधानमा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पार्टीको महाधिवेशन नजिकिएको सन्दर्भमा विचार, नीति र कार्यक्रमका आधारमा आगामी नेतृत्व हुनुपर्ने भन्दै सो अनुरुपको नेतृत्व छनौट हुनुपर्नेमा जोड दिए । आगामी महाविधेशनमा पार्टीको नेतृत्व लिन नेपाली काँग्रेसका उपसभपाति रामचन्द्र पौडेललाई कार्यक्रमका वक्ताहरुले आग्रह गरे । उपसभापति पौडेलले महाविधेशन नजिकिदै गएको सन्दर्भमा पार्टीका नेता एवम् साथीसँग केही सल्लाह गर्न बाँकी रहेपनि कुनै पनि आधारमा आपूm फर्कने अवस्था नरहेको स्पष्ट पार्नुभयो । “पार्टीमा मैले धेरै अन्याय भोगेको छु, कुनै पनि आधारमा अब मैले फर्कन मिल्ने अवस्था छैन,” उपसभापति पौडेलले भन्नुभयो । “आफ्नो स्वार्थका लागि पार्टी, प्रजातन्त्र र राष्ट्रलाई जोखिममा पार्ने काम बिगतमा कसले गरेको छ त्यसको मूल्याङ्कन हुनुपर्छ, गुटबन्दी, चाटुकारिता र दासानुदास बन्ने प्रवृत्तिलाई त्याग्नुपर्छ,” उपसभापति पौडेलले भन्नुभयो । पार्टी केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र ५२ वटा विभाग रहेपनि प्रशिक्षण प्रतिष्ठानले चलाएको प्रशिक्षण कार्यक्रमले पार्टीलाई चलायमान र जीवन्त बनाएको बताउनुभयो । सभासद् रामकृष्ण घिमिरेले ६०÷४० को भागवण्डाको अन्त गर्न र पार्टीलाई आधुनिक युगमा नयाँ कार्यक्रम र विचारका साथ अघिबढाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस कालिकोटका नेता एवम् नेविसङ्घका पूर्वउपाध्यक्ष भुपेन्द्रजँग शाहीले देशभरी प्रशिक्षण चलाएर गत निर्वाचनमा पार्टीलाई पहिलो नम्वरमा पु¥याउन उपसभापति पौडेलले ठूलो योगदान दिएको चर्चा गर्नु भयोे । सभासद्् रञ्जित कर्णले बैचारिकरुपले पार्टीलाई अघि बढाउन उपसभापति पौडेलले देशव्यापीरुपमा प्रशिक्षण अभियान चलाउनुभएको भनी प्रशंसा गर्नुभयो । सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सभासद्, भातृसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?