मन्दिरमा भागदौड हुदा सयौँ घाइते, १८ जनाको मृत्यु


11 killed indiaपूर्वी भारतको एक मन्दिरमा भएको भागदौडमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साउने सोमबार गरिने पूजाका लागि दर्शनार्थीहरु आइतबार रातिदेखि नै लाम लागेर बसेका र सोमबार बिहान भागदौड हुँदा लाममा रहेकामध्ये कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार आइतबार रातिदेखि करिब एक लाख ५० हजार जना दर्शनार्थी लाम लागेर बसेका र दर्शनार्थीको लाम कम्तीमा पनि एक किलोमीटर लामो रहेको बताइएको छ । झारखण्ड राज्यको बैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिरमा सो दुर्घटना भएको बताइएको छ । मन्दिरको ढोका खुलेको सूचना लाममा बसेका दर्शनार्थीहरुलाई दिइएपछि को पहिला जाने भन्ने हुल बढेको र त्यसमा परी कयौँ मारिनुका साथै घाइते भएको बताइएको छ । अधिकारीहरुले जनाएअनुसार लाममा बसेका नागरिकबीच ठूलो भागदौड मच्चिएको थियो । कयौँ व्यक्ति भीडमा च्यापिएका थिए र भूइँमा पल्टिएका कयौँलाई कुल्चिएर मानिस मरेका थिए । बिहान ४ बजे नै मन्दिरको ढोका खुलेर पूजा सुरु भएको थियो । मन्दिरको ढोका खोल्नासाथै रातिदेखि नै लाममा सुतिरहेका व्यक्तिलाई भीडले किचेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?