विद्यालयमा भएको हत्याकाण्डमा दोषी छ सैनिकलाई मृत्युदण्डको सजाय
पाकिस्तानी सेनाले छ जना पाकिस्तानी सैनिकलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । गत डिसेम्बर महिनामा पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा भएको हमलाका क्रममा ती सैनिकको सम्लग्नताको विषयमा अनुसन्धान जारी रहेको थियो । उक्त विद्यालयमा पाकिस्तानी सेनाका बालबालिका अध्ययनरत् रहेका थिए । कयौँ हतियारधारीले सो विद्यालयमा आक्रमण गरी कम्तीमा पनि १५१ जना साना नानीबाबुको हत्या गरेका थिए । उक्त गोलीकाण्डमा सोही विद्यालयमा ड्युटीमा रहेकामध्येका कम्तीमा पनि सातजना सेनाको हात रहेको आशङ्का गरी अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानबाट छ जना सैनिक दोषी पाइएको ठहर पाकिस्तानी सेनाका प्रमुखले मृत्युदण्डको कारबाही सदर गरेको पुष्टि गर्नुभएको बताइएको छ । सातमध्ये छ जनालाई मृत्युदण्डको सजाय दिइएको छ भने सातौँ व्यक्तिलाई भने जन्मकैँदको सजाय सुनाइएको समाचारमा जनाइएको छ । पाकिस्तानको सैनिक अदालतले सो फैसला सुनाएको प्राप्त समाचारमा जनाइएको छ । ती बालबालिकाको हत्याको सो घटनाको विश्वव्यापी रूपमा निन्दा गरिएको थियो ।