क्यानबेरामा देखाइएको बोक्सी अब सिड्नीमा पनि
अष्ट्रेलियामा नेपाली फिल्म ुबोक्सीु प्रदर्शन गरिएको छ। फिल्म क्यानबेरा नेशनल फिल्म एण्ड साउण्ड आर्काईभको हलमा शुक्रबार देखाइएको हो। आयोजकले ुबोक्सीु अष्ट्रेलियाको सरकारी हलमा देखाइएको पहिलो नेपाली फिल्म भएको दाबी गरेको छ। फिल्मलाई अष्ट्रेलियामा रहेका नेपाली एवम् अष्ट्रेलियाली दर्शकले हेरेको उनीहरूले जनाएका छन्। फिल्म प्रदर्शन अगाडी बोल्दै अष्ट्रेलियाका लागि नेपालका राजदुत रूद्र कुमार नेपालले नेपालीहरुको सहयोगका लागि फिल्म प्रदर्शन गरिनु सकारात्मक रहेको बताएका थिए। गोपालचन्द्र लामिछानेको निर्देशन रहेको फिल्म नेपालमा रहेको वोक्सी प्रथामा आधारित रहेको छ। फिल्म प्रदर्शनको संयोजन गरेका प्रदिप तिमल्सिनाले विशेष प्रकारका अन्य नेपाली फिल्मलाई अष्ट्लियामा प्रदर्शन गर्न निरन्तरता दिने बताए। चलचित्रको प्रदशॆनीमा सहभागि हुन नेपालबाट आएका चलचित्र पत्रकार राजन घिमिरेले यो चलचित्रलाई अब सिड्नीमा पनि प्रदशॆन गरिने जानकारी दिए । चलचित्रलाई शक्ति बल्लव घोरासैनीले बनाएका हुन ।