जुम्लामा रातभर कफ्र्यू, प्रहरीको गोली लागी १८ घाइते, ५ गम्भीर


k|b]zsf] ;Ldfªsgk|lt c;Gt’i6 bnåf/f cfJXfg ul/Psf] g]kfn aGbdf b/af/dfu{ If]q . tl:j/ M k|bLk/fh jGt, /f;;

जुम्लामा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १८ जना आन्दोलनकारी घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने १३ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । आन्दोलनमा १० जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले बताउनुुभयो । प्रर्दशनमा जिल्ला वन कार्यालय, शिक्षा कार्यालय, स्याउ प्रशोधन केन्द्रलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । सुरक्षाको अवस्था जटिल बन्दै गएपछि साँझ ५ः३० बजेबाट सदरमुकाम आसपासमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको माग गर्दै सङ्घर्षमा उत्रेका आन्दोलनकारीले जुम्लाका झन्डै तीन दर्जन सरकारी कार्यालय तोडफोड गरिसकेका छन् । आन्दोलनको आठौँ दिनसम्म पनि सरकारले कर्णालीवासीको मागप्रति कुनै चासो नराखेको भन्दै आक्रोशमा आएका आन्दोलनकारीले कर्णाली प्रदेश अङ्कित बोर्ड टाँस्न आह्वान गर्दै विभिन्न सरकारी कार्यालयका साइनबोर्ड तोडफोड गरेका छन् । उत्तेजित भीडले जिल्ला प्रहरी कार्यालयको साइनबोर्ड तोडफोड गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न ११ राउन्ड अश्रुग्यास र चार राउन्ड हवाईफायर गरेको थियो । झडपका कारण जिल्लाको अवस्था अहिले पनि तनावग्रस्त छ । झडपमा अन्य के–कति घाइते भए भन्ने यकिन हुन सकेको छैन । जिल्लामा शान्ति सुरक्षामा ल्याउन तथा आन्दोलनकारीलाई नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा कुनै पनि अप्रिय घटना हुन संयमता अपनाइएको उहाँले बताउनुभयो । (तस्वीर काठमाडौंको बन्द सडक)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?