एमआरपी भर्न सहयोगी सेवा सञ्चालन गर्दै एनआरएन अष्ट्रेलिया


एनआरएन अष्ट्रेलियाले विभिन्न राज्य समन्व परिषद्को सक्रियतामा दोश्रो चरणको एमआरपी ईन्फर्मेशन सेसन सञ्चालन गरिरहेको छ । गत शनिबार ब्रिसबेनमा आयोजना गरिएको एमआरपी सेसनमा कैयौं नेपाली सेवाग्राहीले आफ्नै घरपायक ठाउँबाटै एमआरपीको निम्ति आवेदन फर्म भरेका छन् भने आपूmले भरेको फर्म सही भए नभएको जानकारी पनि तत्कालै पाएका छन् । एनआरएन क्वीन्सल्याण्डको आयोजनामा भएको यस कार्यक्रममा दूतावासबाट डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे स्वयं सहभागी बन्नुभएको थियो । BRISBANEअर्कोतर्फ, अबको शनिबार २२ अगष्टका दिन सिड्नीमा पनि दोश्रो पटक एनआरएन अष्ट्रेलिया एनएसडब्लु राज्य समन्वय परिषद्को आयोजनामा एमआरपी सहयोगी सेवा सञ्चालन हुने भएको छ । सिड्नी सिटीमा रहेको हाम्रो कलेजमा मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म सिड्नीमा रहेका नेपालीहरुले यो सेवा प्राप्त गर्न सक्नेछन् । यस पटक हाम्रो कलेजको सहकार्यमा बिग्रिएका फर्महरु कलेजमा नै फेरि भर्नसकिने गरी कम्प्युटरको समेत व्यवस्था गर्न लागिएको एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्सका उपसंयोजक प्रकाश खरेलले एमएनटीभीलाई जानकारी दिए । हाम्रो कलेज, महावाणिज्यदूतको कार्यालय, नेपाली दूतावास क्यानबेरासँग एनआरएनले सहकार्यमा यो सेवा प्रदान गर्न लागेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?