अझै चार दिन संविधान लेख्ने समय, विधेयक तयार गर्न थप समय प्रदान


;+ljwfg;efsf] d+unaf/sf] a}7sdf ;+ljwfg d:of}bf ;ldltsf ;efklt s[i0fk|;fb l;6f}nfn] ;ldltsf] sfo{k|ultsf] ljj/0f k|:t’t ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

संविधानसभाको मंगलबारको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले समितिको कार्यप्रगतिको विवरण प्रस्तुत गर्नुहुँदै ।

संविधानसभाले सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान गरेको छ । संविधानसभाको आज साँझ बसेको बैठकले मस्यौदा समितिलाई आजदेखि लागु हुनेगरी उक्त समयावधि प्रदान गर्ने निर्णय गरेको हो । यसअघि संविधान मस्यौदा समितिले संविधान लेखनमा भएको कार्यप्रगतिको विवरण संविधानसभामा पेश गरेको थियो । बैठकमा समितिका सभापति कृष्णप्रसाद सिटौलाले कार्यप्रगतिको विवरण प्रस्तुत गर्नुभएको हो । यसअघि संबैधानिक राजनीतिक संवाद समितिले संविधानसभामा पेश गरेको मस्यौदा सभाले स्वीकृत गरी पाँचदिनको समय दिई मस्यौदा समितिमा पठाइएकोमा सो म्याद हिजो समाप्त भएको थियो । समितिलाई पाँच दिनको समय प्रदान गरेर पठाएको प्रस्ताव बमोजिम व्यापक छलफल भइरहेको र परिमार्जन र पूर्णता दिन अझै समयलाग्ने बारेमा उहाँले बैठकलाई जानकारी गराउनुभएको थियो । अहिले विशेष समितिसँग मस्यौदा समिति परामर्शमै रहेको र विषयलाई टुङ्ग्याएर ल्याउनुपर्ने भएकाले बढीमा चार दिनका लागि पुन एकपटक समय थपगर्न सभापति सिटौलाले बैठकमा माग गर्नुभएको थियो । गत साउन २७ गते अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । संविधान लेखनलाई अघि बढाउने सन्दर्भमा प्रमुख चार पक्षबीच खासगरी अझै पनि धर्म, प्रदेशको सीमा, राष्ट्रिय दलको मान्यता प्राप्त गर्न निश्चित मत प्रतिशत कायम राख्नेलगायतका विषयमा मतैक्यता बन्न बाँकि नै रहेको छ । प्रस्तावित नयाँ संविधानको मस्यौदालाई अघि बढाउने सन्दर्भमा प्रमुख चार दलबीच छ प्रदेश रहने गरी सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न भागमा समर्थन र विरोधका ¥याली, जुलुस र आन्दोलनका घटना हुँदै आएका छन् । सभामुख सुवास नेम्वाङले अर्को सूचना जारी नभएसम्मका लागि संविधानसभाको बैठक स्थगन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?