म्यानमारको निर्वाचन पर्यवेक्षण गर्न ईयू टोली आउने
युरोपेली महासङ्घ (ईयू) ले म्यानमारमा नोभेम्बर ८मा हुन गइरहेको मतदान पर्यपेक्षण गर्नका लागि एक टोली याङगुन पठाउने भएको ईयूद्वारा शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । ईयूले उक्त सम्बन्धमा म्यानमारको सरकारी अधिकारीसँग समझदारी गरिसकेको उक्त विज्ञप्तिमा जनाइएको छ । म्यानमारका लागि युरोपेली महासङ्घका राजदूत रोल्यान्ड कोबिया र एकता निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त ड माइन्ट कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । छोटो तथा लामो कार्यकालका लागि युरोपेली महासङ्घ सम्बद्ध राष्ट्रहरू क्यानाडा, स्वीट्जरल्यान्ड र नर्वेका साथै राजदूतावासका कूटनीतिज्ञको १०० भन्दा बढी पर्यवेक्षकको समूह म्यानमार पठाइन युरोपेली महासङ्घ निर्वाचन अवलोकन टोली (ईओइम) मा समावेस हुनेछ । उक्त समूहका सदस्य चुनावको केही साता अघि नै म्यानमार आइपुग्ने समेत जनाइएको छ । म्यानमारको एकता निर्वाचन आयोगका अनुसार, अहिलेसम्म नोभेम्बरमा हुने चुनावमा ३२३ स्वतन्त्रसहित ६ हजार १८९ प्रत्यासीले भाग लिनका लागि आफ्नो उम्मेदवारी दिएका छन् । चुनावमा राजनीतिक दल सम्बद्ध ५ हजार ८६६ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् ।