भारत–पाकिस्तानबीचको सुरक्षा वार्ता रद्द


भारतले पाकिस्तानद्वारा शनिबार राति दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहाकारहरूको आइतबार बस्ने भनेको बैठक रद्द गर्ने निर्णय ‘दुर्भाग्यपूर्ण’ भनेको छ । भारतीय विदेश मामिला सम्बद्ध मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले आफ्नो ट्वीटर एकाउन्टमा लेख्नु भएको छ ‘पाकिस्तानको यो निर्णय दुर्भाग्यपूर्ण भएको छ । भारतले सुरक्षा वार्ताका लागि कुनै पूर्व शर्तहरू राखेको थिएन’ । ‘भारतले, भारत–पाकिस्तानबीच भएको सिम्ला तथ उफा सहमतिलाई सम्मान गर्नुपर्ने बताएको थियो । यो यसभन्दा पहिले नै गरिएको प्रतिबद्धता थियो ।’ एक अर्को ट्वीटमा उहाँले बताउनु भएको छ । पाकिस्तानले आज हुने भनिएको उक्त वार्तामा भारत नियन्त्रित काश्मिरका पृथकतावादी तथा पाकिस्तानी अधिकारी समेतको टोली सम्मिलित हुनुपर्ने अडान राखेको थियो यो नयाँ दिल्लीले अस्वीकार गर्दै आएको थियो । यसैबीच, भारतले पाकिस्तानका उच्च सुरक्षा अधिकारीलाई भेट्न आएको केही काश्मिर क्षेत्रका नेताहरूलाई समेत नियन्त्रणमा लिएको छ ।india pak
पाकिस्तानको आरोप
भारत र पाकिस्तानबीच हुन गइरहेको राष्ट्रिय सुरक्षा परामर्श दातृ (नेसनल सेक्युरिटी एडभाइजर–एनएसए ) स्तरको वार्ता रद्द गर्नुमा भारतको हात रहेको भनी पाकिस्तानी सञ्चारमाध्यमले दोषारोपन गरेका छन् । इतिहासहमा नै धेरै वर्षपछि दुई देशबीच एनएसएस्तरको वार्ता हुनै लागेकोमा भारतले अनेकन पूर्व सर्त तेस्र्याएर अन्तिम घडीमा वार्ता नै गर्न नचाहेको भन्ने सञ्चारमाध्यमको आरोप छ । काश्मिरका पृथकतावादीहरुसँग नभेट्ने दह्रो आश्वासन दिएमा मात्र एनएसएस्तरको वार्तामा बस्ने भनि भारतले अड्को थापेको भनि पाकिस्तानी सञ्चारमाध्यमले आलोचना गरेका छन् । आतङ्कवाद उन्मुलनका लागि सहकार्य र अन्य टुङ्गो लगाउनुपर्ने विषय एउटै टेबुलमा छलफल भए के बिग्रन्थ्यो र सञ्चारमाध्यमहरुको भनाई रहेको छ । तर यता भारत र पाकिस्तानबीच हुन गइरहेको एनएसएस्तरको वार्ता पाकिस्तानले एकतर्फी रुपमा रद्द गरेकोलाई गृहमन्त्री राजनाथ सिंहले ‘दुर्भाग्यपूर्ण’ बताउनुभएको छ । अबको यो वार्ता कहिले हुने भन्ने छिमेकीकै हातमा रहेको समेत उहाँले खुलासा गर्नुभएको छ । लखलनउस्थित संस्कृत विद्यापीठको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले भारत सदैव पाकिस्तानसँग हार्दिक सम्बन्ध कायम राख्ने र शान्तिका लागि द्विपक्षीय वार्तामा विश्वास गर्ने गर्दछ भन्नुभएको छ । हिजो मात्रै भारतीय पक्षका एनएसए अजित दोवल र पाकिस्तानी समकक्ष सरताज अजिजलाई बैठकका लागि बोलाइएको थियो । बैठक बस्ने निश्चित भएको भोलि पल्टै पाकिस्तानले एकतर्फी रुपमा आफ्ना प्रतिनिधि सरताजलाई फिर्ता बोलाएकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभएको छ । एनएसए सरताज अजिजले भारत आउनु अघि काश्मिर पृथकतावादी नेताहरुसँग गोप्य छलफल गर्ने चाल पाएपछि भारतले यसको कडा आलोचना गरेको थियो । यही विषय पाकिस्तानसमक्ष राख्दा पाकिस्तानले वार्ता रद्द गर्ने चालबाजी गरेको भनी गृहमन्त्री सिंहले टिप्पणी गर्नुभएको छ । “यो एक विशुद्ध एनएसएस्तरको वार्ता हो यस वार्तामा पूर्व निर्धारित कार्यसूची माथि मात्र छलफल हुने सहमति कायम भएको थियो ।” यस वार्तामा कुनै तेस्रो पक्ष, व्यक्ति वा विचारलाई समावेश गर्न नपाइने सहमतिसमेत भएको थियो । तर पाकिस्तानले यस सहमतिलाई गम्भीरतापूर्वक लिनुको बदला वार्ता नै रद्द गरेको गृह मन्त्री सिंहले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?