टिकापुर संहारपछि अर्को अनिष्टको संकेत, आक्रोशित भीडबाट नेताहरुको घरमा आगजनी
हिजो टिकापुरमा भएको घटनाबाट आक्रोशित बनेका कैलालीका स्थानीय बासिन्दाले आज थारु नेता एवं सभाषद् जनक चौधरीको घरमा आगो लगाएका छन् । उनीहरुले कैलाली क्षेत्र नम्बर १ का सभाषद् चौधरीको घरमा आगो लगाउन थालेप िछप्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । कफ्र्यूको अवज्ञा गर्दै अगाडि बढेको समूहले आगजनी गरेको हो । यस्तै थरुहट संघर्ष समितिका नेता रेशम चौधरीले सञ्चालन गरेको पूmलबारी एफएम र पूmलबारी रिसोर्टमा पनि आगजनी भएको छ । स्थानीय अन्य दुर्य पसलमा पनि आगो लगाइएको बताइएको छ । विहान करिब १० बजेतिर मोटरसाईकलमा आएका युवाहरुको समूहले आक्रमण सुरु गरेको र त्यसमा अरु मानिसहरु पनि थपिएको स्थानीयलाई उद्धृत गर्दै सञ्चारकर्मीले जनाएका छन् । प्रहरी पुगेपछि पनि उनीहरुले आक्रमण जारी राखेका कारण प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।