झापाली समाज अष्ट्रेलियामा नयाँ नेतृत्व चयन गरिने, शनिबार साधारणसभा


Jhapali Logoझापाली समाज अष्ट्रेलियाले यो शनिबार आफ्नो साधारणसभा सम्पन्न गर्दैछ । यस साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिने जानकारी दिइएको छ । वार्षिक गतिविधिको समिक्षा पनि हुनेछ । झापा जन्म भुमि भइ विभिन्न व्यवसाय, रोजगार एवं अध्यनको सिलसिलामा ऑस्ट्र्लिया रहेका झापालीहरुको संस्था झापाली समाज अस्ट्रेलियाको साधारणसभापछि बार्बिक्यूसहितको भेला पनि आयोजना गरिएको छ । यस पटकको झापाली भेला टेम्पे पार्कमा हुने जानकारी संस्थाका कार्यबाहक अधक्ष्य दीपक चुडालले दिएका छन् । बिहान १० बजे देखि वार्षिक साधारण सभा हुनेछ भने १२ बजे देखि ५ बजे सम्म बार्बिक्यु हुने चुडानको भनाई छ । झापाली समाज अस्ट्रेलिया नेपालले भुकम्पको समयमा सक्रिय भूमिका निर्वाह गरेको थियो भने सहयोग स्वरुप ११२५३ डलर सहयोग गरेको थियो । बिदेशी भुमिमा बसे पनि आफ्नो जन्म भुमिको लागि केहि गरौ भन्ने भावनाका का साथ अस्ट्रेलिया मा रहेका झापालीहरु क्रियाशील रहेका छन् भने मेलबर्नमा पनि शाखा विस्तार गरिसकेका छन् । संस्थापक अध्यक्ष दिनेश पोख्रेलका अनुसार यो साधारणसभाबाट समाज सेवाका थप कार्यक्रमहरु ल्याउने तयारी भएको छ । कार्यबाहक सचिव रुप राज मैनालीले झापा संग प्रत्यक्ष्य वा परोक्ष्य सम्बन्ध राख्नु हुने सबै मा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?