करेन्ट लागेर आमा छोरा ठहरै


s/]G6n] lnof] Hofg M laxfg 3/dflysf] kfgL ;kmfug]{ qmddf s/]G6 nfUbf d[To’ ePsL jL/uGh ( /fd6f]n lgjf;L >j0fs’df/ ;’NtflgofsL $% jifL{o >LdtL ;’lgtf ;’NtflgofnfO{ gf/fo0fL pkIf]qLo c:ktfndf /flvPsf] b[Zo . tl:a/ M laho s’df/ dxtf] ÷/f;; ÷k;f{

बिहीबार राति परेको अविरल वर्षाका कारण घरको छतमा जमेको पानी निकास नहुँदा बिहान छत सफा गर्ने क्रममा खम्बाको तारबाट विद्युत् प्रवाह हुँदा आज यहाँ आमाछोरा दुवैको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज उपमहानगरपालिका–९ रामटोलका ४० वर्षीया आमा सुनितादेवी सुल्तानिया र उनका १७ वर्षीय छोरा हर्षित रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । करेन्ट लागेर सख्त घाइते भएका छोरा छटपटाइरहेका अवस्थामा देखेपछि आमा सुनितादेवीले बचाउन जाँदा उनलाई पनि करेन्ट लागेको थियो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लाने क्रममा बाटामै मृत्यु भएको मृतक सुनितादेवीका श्रीमान् श्रवणले बताउनुभयो । यसैबीच विषालु सर्पको डसाइबाट पर्सा मनियारी गाविस–९ स्थायी घर भई हाल वीरगन्ज उपमहानगरपालिका–२५ मा बस्दै आउनुभएकी शान्तिदेवीको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?