देउवाले भने, को हो त्यो बाबुराम ?


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गर्नुभएको छ । काँग्रेस सिन्धुपाल्चोकले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“आपसमा मिलेर बसेका थारु र पहाडीका बीचमा फुट ल्याउने तत्व सक्रिय भएका छन्, थारु–पहाडी–जनजातिलगायत मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्छ ।” निकै आक्रोशित रुपमा प्रस्तुत भएका देउवाले प्रश्न गर्दै यस्तो राजनीतिक तर्क गर्ने र झुठ बोल्ने व्यक्तिले कसरी पिएचडीको डिग्री पायो भन्दै प्रश्न पनि गरेका थिए । आपूmले कहिल्यै पनि थारुलाई रौं पनि दिन्न भनेर नभनेको स्पष्टीकरण दिँदै देउवाले भने, को हो त्यो बाबुराम जसले पहाडी र थारुलाई भिडाउने खेल खेल्दैछ ? कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्छ भन्नुभयो । काँग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गर्ने संविधान जारी गरिनुपर्नेमा जोड दिनुभयो । सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट रु पाँच लाख दिने घोषणा गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?