युरोप छिर्नखोज्ने ७१ आप्रवासी ट्रकमा निस्सासिएर ज्यान गुमाउन बाध्य, १० पक्राउ 


bodiesअस्ट्रियामा एक अलपत्र छोडिएको ट्रकमा ७१ जना मृत अवस्थामा भेटेको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । मृतकमध्ये ५९ पुरुष, आठ महिला तथा तीन बालबालिकासमेत रहेको यहाँको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसअघि बिहीबार ५० जनासम्मको मृत शरीर ट्रकभित्र रहेको हुनसक्ने यहाँका अधिकारीले जनाएका थिए । प्रहरीले मृतकहरू सिरियाली नागरिक भएको र उनीहरूलाई कुनै आतङ्ककारी समूहले हत्या गरेको हुनसक्ने त्यहाँ भेटिएको एक दस्तावेजको अध्ययनपछि बताएको हो । त्यस्तै घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक बुल्गेरियाली नागरिकताधारी लेवनानी ट्रक मालिक र दुई जना अरू बुल्गेरियाली र हङ्गेरीयाली नागरिक रहेका छन् । उक्त मिनिट्रक २४ घण्टा अगाडि भियना नजिकैको एक सडक किनारामा छोडी उनीहरू भागेको हुनसक्ने बताइएको छ । प्रहरीका अनुसार उक्त ट्रक स्लोभाकियाको कम्पनीमा बनेको तथा दुई वर्षअघि कसैलाई बेचिएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । हङ्गेरी सञ्चारमाध्यमले भने ट्रक एक रोमानियाली नागरिकको नाममा दर्ता भएको जनाएका छन् ।

यूएनएचसीआर स्तब्ध

संयुक्त राष्ट्रसङ्घको शरणार्थी अधिकारका लागि काम गर्ने संस्था (यूएनएचसीआर) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अलपत्र छोडिएको एक ट्रकमा ७० जनाभन्दा बढी मानिसको हत्या भएको घटनाले उसलाई स्तब्ध बनाएको जनाएको छ । मृतकहरूको परिचय खुल्न नसके पनि उनीहरूलाई मानव तस्करले हत्या गरी त्यहाँ पु¥याएको हुनसक्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, मानवीय संवेदनहीन समूहले जीवन र जगत्को बेवास्ता गर्दै आफ्नो नाफाका लागि दर्जनौँ मानिसको हत्या गरी त्यहाँ पु¥याएको हुनसक्ने बताएको छ । यसैबीच यूएनएचसीआरले युरोपेली प्रहरी, गुप्तचर संस्था तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबीच आपसी समन्वय गर्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न संयुक्त रूपमा अघि बढ्नका लागि सबै सामु आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?