प्रचण्ड र बाबुरामले भेटे प्रधानमन्त्री, आजै मधेशीसँग पनि वार्ता गर्ने तयारी


prachanda and koiralaतराईमा आन्दोलन गरिरहेका दलका मागको विषयमा छलफल र अन्तरक्रिया सम्पन्न गरिसकेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले आज विहान नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका छन् । भेटका क्रममा मधेशीको न्यूनतम माग पूरा गरेर उनीहरुलाई वार्तामा बोलाउन आग्रह गरिएको एमाओवादी नेता भटट्राईका निजी सहयोगी विश्वदिप पाण्डेले जानकारी गराएका छन् । मुख्यतः भेटमा मधेशवादी दलहरुको मूख्य माग र त्यससँग सम्बन्धित सम्बोधन गर्न सकिने विषयहरुको बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री कोइरालाले पनि आजै वार्तामा बस्ने वातावरण बनाउनका निम्ति पहल गर्ने आश्वासन दिएका छन् । आफ्नो महाधिवेशन पछि सार्ने निर्णय गरिसकेको काँग्रेस यतिबेला कुनैपनि हालतमा संविधान लेखनमा लागेको छ भने एमाले पनि संविधान लेखेर मात्रै अन्य कुरामा अघि बढ्न खोजिरहेको अवस्था देखिन्छ । तर, मधेशमा थारु र पहाडमा मगरहरुको समस्या सम्बोधन नगर्ने हो भने यसले सही राज्यपुनसंरचना हुन नसक्ने भन्दै एमाओवादी भने वार्ताकै माध्यमबाट अघि बढ्नुपर्ने लाईनमा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?