बिस्फोटले पर्यटन व्यवसायमा असर नपरेको थाइल्याण्डको भनाई


pattaya-nightlifeथाइल्याण्डको राजधानी बैंककमा केही हप्ताअघि भएको बम विस्फोट र हत्याको घटनाका कारण यहाँ पर्यटक आगमनमा कुनै कमी नआएको थाई अधिकारीहरूले बताएका छन् । थाई सरकारी अधिकारीले बिहीबार सो जानकारी दिएका हुन् । उक्त बम हमलाका कारण पर्यटन नै प्रमुख आयस्रोतका रूपमा रहेको मानिएको थाइल्याण्डमा यस क्षेत्रमा कुनै पनि असर नपरेको जानकारी उनीहरूले दिएका हुन् । थाई सरकारका एकजना वरिष्ठ मन्त्रीले बिहीबार उक्त बम हमलाका कारण थाइल्याण्डमा आउने पर्यटकमा कुनै कमी नआएको जानकारी दिएका बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । उनले थाइल्याण्डको मुख्य आम्दानीका रूपमा रहेको पर्यटन व्यवसायमा यसका कारण कुनै पनि कमी नआएको र हत्यारा पनि पक्राउ परिसकेकोले देशमा कानुनी शासनको प्रत्याभूति भएरै छोड्ने पनि जनाए । अधिकारीहरूका अनुसार उक्त हमलापछि थाइल्याण्डको पैसा भाटमा पनि लामो समयपछि सबैभन्दा बढी गिरावट आएको पनि हालैमात्र जनाइएको थियो । थाइल्याण्डको एक प्रसिद्ध पर्यटकीयस्थलमा भएको सो विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । यस विस्फोटमा परी चार चिनियाँ नागरिकको पनि मृत्यु भएको जनाइएको छ । यस घटनामा परी घाइते भएका व्यक्तिमा २० भन्दा बढी चिनियाँ नागरिक रहेका जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?